Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

परिषद बैठक सकेर ओली फुत्तै शितलनिवासमा

काठमाडौं । नेकापको आन्तरिक किचलो चर्किंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक कदम चाल्दै अराजकता प्रदर्शन गर्नमा उद्दत भएका छन् । उनको अराजकतालाई राष्ट्रपतिको साथ भएकै कारण उनमा यस्तो उत्साह जागेको हो । संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

शितलनिवासमा पुगेका ओलीले पछिल्लो कदम र त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गरेको बुझिएको छ । यसअघि राष्ट्रपतिसँगको कुराकानीपछि नै ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए । लगत्तै शितलनिवासबाट अध्यादेश जारी भएको थियो । जसमा परिषदको ऐन संशोधन गरी बहुमत संख्याबाट बैठक बस्ने र निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।

साँझ परिषदको बैठक प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्यो । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भए । तर, गणपूरक संख्या बहुमतले पुगेकाले बैठक बस्यो । निर्णय भने नभएको बताइएको छ । ओलीले बैठक राखेर निर्णयका लागि अगाडि बढ्ने तयारी समेत गरेका थिए ।

उनले पार्टीभित्र र बाहिरका विरोधीलाई संवैधानिक परिषदको बैठकबाट आफू अनुकूलको निर्णय गरेर कमजोर बनाउने तयारी समेत गरेका छन् । विशेषगरी अख्तियारमा विश्वासिला व्यक्ति नियुक्त गरेर विरोधीलाई तह लगाउन खोजेको कतिपयको बुझाई रहेको छ ।

संवैधानिक परिषदको बैठकमा कुनै नियुक्तिको निर्णय नगरी ओली शितलनिवास पुग्नुलाई राष्ट्रपतिले विगतमा जस्तै सहमतिको पहल गर्ने तयारीका रुपमा लिइएको छ । विगतमा पनि राजनीति दलसम्बन्धी अध्यादेश ल्याएपछि राष्ट्रपतिकै पहलमा फिर्ता लिइएको थियो । फिर्तासँगै राजनीतिक सहमति बनेर ओलीको सत्ता संकट टरेको थियो । यसपटक पनि राष्ट्रपति भण्डारीले यस्तै पहल गर्ने कतिपयको भनाई रहेको छ।


सम्बन्धित समाचार