Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो। यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो। तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको वाग्लेले बताए। पल नाबालिक बलात्कारको आरोपमा छन्। उनी अहिले तनहुँ कारागारमै छन्। यही आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो। जिल्ला अदालतले नवलपुरले भदौ २१ गते फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिएपनि बाल यौन दुरुपयोगकको कसुरमा अढाई वर्ष जेल सजायको फैसला भएको छ। तनहुँ अदालतको फैसलापछि पल कति जेल बस्नपर्ने भन्ने टुंगो लाग्नेछ। गत फागुन ११ गते शाहविरुघ जबरजस्ति करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो। फागुन १५ गते आफैं प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै छन्। सुरुमा जबरजस्ती करणीको आरोप लगाएपनि पीडित नाबालिक र जाहेरवाला उनका बुवाले नै अदालतमा बयान फेर्दै बलात्कार नभएको बताएपछि मुद्धा कमजोर बनेको छ।