Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पवन चम्लिङको क्यासीनो मोह

काठमाण्डौ । सिक्किमे शासकबाट सडकमा पुगेका पवन चाम्लिङले आफ्नै पूत्र मार्पmत सोल्टी होटलभित्रको क्यासीनोमा शेयर राखे । उनको लगानीको त्यही बेला चर्चा थियो । कालोधन सेतो बनाउने ठाउँ पवनले होटल र क्यासीनोलाई देखे । नेपाल आउँदा होटल हिमालमा उनी बस्थे । कतिको रोजीरोटी यीनकै सेवक भएर मिल्यो पनि ।

सिक्किममा चाम्लिङ जस्ता भारतीय लुटाहाहरूको हङ्कङ, सिंगापुर जस्ता दक्षीण पूर्वी देशहरूमा लगानी भए पनि भारतीय सरकार बोल्दैन । सिक्किमलाई भुटानीकरण गर्ने, आफू कमाउने योजनामा ती थिए । होटल शेराटनको लारी समूहका ५ भाइको शेयर विवाद छाडेर लखनउमा बस्ने लगानी कर्ता जस्तै अवसर सोल्टीको शेयरदाताले पाएका छन् की छैनन् ?

शेरटनको शेयर बाँडफाँड गर्दा तत्कालीन माओवादी शक्तिशाली भएर जोडियो । राजाका नाउँ जोडिएका होटलहरू पनि कम विवादीत छैनन् । सोल्टी होटल त्यही स्तरको हो । तर त्यहाँ अहिले कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाईले मजदूरहरूलाई जे पनि हुन सक्छ भन्दै फोनमा धम्काउँदै जागिर छोड्न बाध्य पारेका छन् । नाउ राजाको लगानी जनताको हुँदा सोल्टीको अन्तरिक व्यवस्थापनको गलत कामको विरुद्ध मजदुर आवाज चर्काे हुनथालेको हो । कतै चाम्लिङकै भित्रि डिजाइनमा सुदर्शन अन्नपूर्णबाट सोल्टी छिरेका त होइनन् ?