Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२०१७ साल पुस १ को राजा महेन्द्रको कदमलाई आलोचना र राष्ट्र निर्माणको प्रश्नमा फरक फरक कोणबाट विवेचना गरिँदै आएको छ । तर काँग्रेसको राष्ट्रघात, ज्यादती र अपराधिक गतिविधिको खोजी गरिँदैन । २०४६ सालपछिको ३१ वर्षको बहुदलीय शासन प्रणाली नेपाली काँग्रेस पार्टीको चरित्र र रवैयालाई हेर्ने हो भने २०१७ साल पुस १ को राजा महेन्द्रको कदम ठिक थियो कि रु प्रश्न चिन्ह खडा भएको छ । २०४८ सालमा नेपाली काँग्रेसको सरकार बनेपछि काँग्रेसले राष्ट्रघाती टनकपुर सन्धि गरे । यस सन्धिका नायक बीपीका भाई गिरिजा बने । चीन र रुसले बनाइदिएका ३६ वटा ठूला राष्ट्रिय उद्योगहरू निजीकरणको नाममा ध्वस्त गरियो । ४५० मझौला उद्योगहरू समाप्त गरियो । र, सर्वसाधारणलाई खाडीमा बेल्चा चलाउन म्यानपावर कम्पनी खोलियो । देशलाई बेरोजगार र विदेशीको क्रिडास्थल बनाएर २०६२÷०६३ पछि काँग्रेस क्रिश्चियनहरूको डलर खाएर धर्म निरपेक्षतामा उभियो । अहिले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन इन्डो प्यासिफिक स्टाटेजिअन्तर्गतको एमसीसीको पक्षमा काँग्रेस उभिएको छ । इतिहास देखिने काँग्रेस राष्ट्रघात र जनघातको पक्षमा उभिएको निरन्रतताको पछिल्लो कडी हो । २००३ सालदेखि बनारसबाट रगतमै राष्ट्रघात बोकेर जन्मेको काँग्रेस बुझ्न इतिहासका तथ्यहरू पनि पहिल्याउनु पर्दछ । यसकारण ०१७ साल पुस १ लाई फरक दृष्टिकोणबाट पनि हेर्नुपर्ने हुन्छ । अहिले २०१५ सालमा जस्तै करिब दुई तिहाईको सरकार छ । जनतामा निराशा छ । शायद १५ सालको अवस्था पनि यो भन्दा फरक थिएन । एक समय गाउँघरमा उखानै थियो कसैलाई गाली गर्नु प¥यो भने ‘तेरो घरमा काँग्रेस पसोस्’ भन्ने गरिन्थ्यो । शायद त्यो त्यतिबेला २०१५ साल वरिपरिको काँग्रेसको ज्यादति भोगेका सर्वसाधारण नेपाली जनताको अभिव्यक्ति थियो ।
टंकप्रसाद आचार्यको नजरमा बीपी
विसं २०१३ मा चीनका प्रधानमन्त्री चाउ एनलाई नेपाल आउँदा टंकप्रसाद आचार्यले बीपी कोइरालाको परिचय दिँदै भनेका थिए, ‘उहाँ नेपाली कांग्रेसको सभापति तथा नेपालमा तपाईं ९चीनको० सबैभन्दा ठूलो शत्रु’ जवाफमा बीपी कोइरालाले म ‘समाजवादी भएकोले कम्युनिष्टको शत्रु हुँ’ भन्दा जवाफमा चाउ एन। लाईले उहाँलाई विश्वास दिलाउन सकेनौं’ भनी जवाफ दिएका थिए । ९स्रोतः त्रिरत्न मानन्धर, टंकप्रसाद आचार्य स्मृति ग्रन्थ, पेज नं। ४२१, २०५४, प्रकाशकः टंकप्रसाद स्मृति प्रतिष्ठान० ठीक सुशील कोइरालाले पश्चिमा ९सीआईए० रणनीतिअनुसार जसरी योभन्दा पूर्व आईएसआईसँग सम्बन्ध राखेका थिए । त्यसरी नै अहिले चीन विरुद्ध कथित संसदीय प्रजातन्त्रको भाषामा स्वतन्त्र तिब्बतको रक्षा गरेका थिए । प्रधानमन्त्री बन्नासाथ चीनमा प्रजातन्त्र आउँछ भन्नु र म्यानमारकी सीआईए एजेन्ट आङसाङ सुकीलाई भेटेर अमेरिकी मन्त्रणा लिनु आफैंमा रहस्यमय थियो । अहिले काँग्रेसले सुल्झिइसकेको सगरमाथा र समस्या समाधान भइसकेको सीमा विवादलाई लिएर चीन विरुद्ध भड्कावपूर्ण अभिव्यक्ति दिइरहेको छ । इतिहासदेखिनै राष्ट्रघात गर्दै आइरहेको काँग्रेसले राष्ट्रको मायाले होइन भारत र पश्चिमाहरूको इशाराअनुरूप नेपालमा चीन विरोधी भावना सिर्जना गर्ने उद्देश्यका साथ गोयबल्स प्रपोगण्डा गरिरहेको सहजै बुझ्न सकिन्छ । कम्युनिज्म नै प्रजातन्त्रको उच्चतम रूप हो । चीनले यही बाटो अवलम्बन गरिरहेको छ ।
डा स्वामी प्रपन्नाचार्यको हेराइमा बीपी
उदाहरणका लागि सुम्निमा एउटा प्रसिद्ध नेपाली उपन्यास छ । सोमदत्त बाहुन र सुम्निमा राइनी केटीको माध्यमबाट उपन्यास औधी सिंगारिएको छ । सुम्निमाको नांगो आङ या सर्बाङ्ग नांगो देखिने कुराले लेखक इतिहासको पानामा हिँडेको देखिँदैन । लेखक ९बीपी कोइराला० को दृष्टिमा किराँतीहरू जंगली थिए । यो इतिहाससँग बिश्वासघात गर्नु हो । शिकार खेल्न आउने राजकुमारबाट आश्रमको रक्षार्थ जो कुरा उठाइए, त्यसमा किराँतीहरू गोहत्यामा परेका छन् । यो कथाले लेखक बीपीको कल्पनाबाट इतिहासको हत्या भएको देखिन्छ । किराँतीहरू शुद्ध गोभक्त आर्य हिन्दू थिए । ९डा। स्वामी प्रपन्नाचार्य, बेदमा के छ रु पेज नं। ११९० त्यतिमात्र होइन, बीपीले हिटलर र यहूदी नामक उपन्यासमा भगवान् कृष्णलाई हिटलरसँग तुलना गरी पूर्वीय दर्शनमाथि आक्रमण गर्दै पश्चिमाको सेवा गरेका छन् । माओवादीले गाई काटेर क्रिश्चियनको विश्वास लिने प्रयत्नजस्तै उनले एकातर्फ लेखन र राजनीतिमा, पूर्वीय दर्शनमाथि हमला र व्यवहारमा आमाबाबुको काजकिरिया नगरी उनीहरूलाई विश्वास दिलाउन खोजेको देखिन्छ ।
बीपीको नजरमा गणेशमान सिंह
सुवर्ण शमशेरलाई सभापति बनाउँदाकै कुरा गरौं, सुवर्णलाई नेतृत्व दिने प्रस्ताव केन्द्रीय समितिबाट पारित भयो । गणेशमान सिंह उनका विरुद्ध उठे, बीपी चुप बसे । उनले गणेशमान कुनै हालतमा जित्नु हुँदैन भनेका थिए । ९विश्वबन्धु थापा, नेपाल साप्ताहिक, १३ श्रावण, २०७०, पेज नं।३३० कोइरालाहरूले गणेशमानलाई उच्च आदर्शका कारण नेतृत्व दिन चाहँदैन थिए । किनकि उनी राणा विरोधी टंकप्रसाद धारका थिए । त्यसैले उनको राजनीतिक हत्या उनकै भाइ गिरिजाले गरे । सन् १९९७ देखि टंकप्रसादले नेतृत्व गरेको राणाविरोधी संघर्षको प्रतिफल लिन राणाहरूसँग गोप्य साँठगाँठ गरी टंकप्रसादलाई राजनीतिको मूलधारबाट विस्थापित गरे । बीपी पश्चिमाहरूकै एउटा धारको प्रतिनिधि पात्र थिए, उनलाई राणाहरूले प्रयोग गरे । र प्रयोग सकिएपछि फ्याँकिदिए । जसको बलियो एउटा कारण २०१७ साल पुस १ को घटना हो । राणाविरुद्ध पहिलो पर्चाः राणा हो । तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो । तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । हाल पनि तिमीहरूले स्वेच्छाचारिताको पूरा नक्सा देखायौ ।
अंग्रेजको मद्दतलाई फौज पठायौं । लडाइँमा मद्दत दिने जस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ रु युरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो रु १९१४ सालमा अंग्रेजलाई मद्दत दिएर लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भयो रु नाफा त तिमीहरूलाई भयो, वर्षको १० लाख पौण्ड बैंकमा जम्मा गर्न पायौ । हाल जर्मनीले पेरिस दखल गरिसक्यो । जर्मनीको जीत भएमा आफू त गयौ गयौ आफ्नो स्वार्थको लागि नेपाली जातिलाई पनि गुलाम बनायौ । ९स्रोतः टंकप्रसाद आचार्य, ९ आषाढ १९९७, पहिलो राणाविरोधी पर्चाबाट, टंकप्रसाद स्मृति ग्रन्थ, २०५४० एकाएक टंकप्रसादलाई बाइपास गर्न राणाहरूले बीपी अगाडि सार्दै अन्ततः मोहनशमशेरकै तेस्रो बरियतामा गृहमन्त्री बने । २००८ सालमा यस घटनाविरुद्ध पुष्पलाल र टंकप्रसादले संयुक्त मोर्चा बनाए, बीपीले राणाकै मिलेमतोमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाए । जसलाई २०१३ सालमा टंकप्रसाद प्रधानमन्त्री बनेपछि हटाइयो । तत्पश्चात् इन्डो–सीआईए एजेन्ट मोहनविक्रम र चौथो महाधिवेशनमार्फत टंकप्रसादलाई जिउँदो लास, मनमोहनलाई राजावादी र पछि पुष्पलाललाई गद्दार डा। केशरजंग रायमाझीलाई दक्षिणपन्थी राजावादी प्रपोगण्डा गराइयो ।
राजेश्वर देवकोटाको तथ्य र बीपी ः एउटा जटिल प्रश्न दुई देशको बीचमा सीमा सम्बन्धी छ । कोशी प्रोजेक्ट नामबाट कोशीलाई लिए । नेपाल–भारतबीच सन्धि भयो । त्यो हेर्न नसकिने छ । हुँदाहुँदै बीपीलाई अलि प्रगतिशील भन्ठानेको थिएँ, तर सम्झौता गर्ने मातृकाभन्दा बढी तारिफ गरेका छन् । गणेशमानले राष्ट्रघाती नै हो भनेका थिए । मरिसकेका मानिसका बारेमा कुरा गर्दा रेकर्डेड कुरामात्र गर्नुपर्दछ । जानेको कुरा पनि गर्न पाइँदैन । हुँदाहुँदै २०१६ सालमा गण्डक सम्झौता गरे । त्यो कोशीभन्दा पनि हेर्न नहुने छ । २०१७ सालपछि राजा महेन्द्रले कोशी–गण्डक दुबैमा संशोधन गराएका छन् । त्यो अलि हेर्न हुने छ । त्यो जलस्रोतका विज्ञ बुद्धिजीवीहरूले तुलना गरेर हेर्दा हुन्छ । ९राजेश्वर देवकोटा, सिर्जना र दृष्टिकोण, पेज नं। ४७१, प्रकाशक हिमाल बुक स्टल०
अरबिन्द रिमालको आँखा र बीपी
नेपालको राजनीतिक दर्पण भाग–९१० गृष्मबहादुर देवकोटाका अनुसार ३० जुन १९५५ को ‘स्टेटस्म्यान’ पत्रिकामा बीपी कोइरालाको प्रकाशित वक्तव्यमा ‘नेपाल पनि भारत जस्तै शान्तिप्रिय देश भएकाले नेपालको भौगोलिक नीति तथा रक्षा नीति भारतसित सम्बन्धित हुनुपर्दछ भनिएको छ । उपरोक्त स्मृति पत्र स्वीकृत भएको भए टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा पूरै तवरले र महेन्द्रकालमा आम तवरले कार्यान्वयन भएको स्वतन्त्र विदेश एवं रक्षा नीति देख्न पाइने थिएन । ९अरविन्द रिमाल, इतिहास अन्वेषक, नयाँ पत्रिका, २४ फागुन २०७००
बीपी र ‘रअ
विमान अपहरण र राजा वीरेन्द्रको हत्या गर्ने षडयन्त्रभित्र बीपी थिए । उनले विराटनगरमा वीरेन्द्रमाथिको बम आक्रमणकारीको बचाउ गर्दै वीरेन्द्रमाथिको आक्रमण थिएन, असन्तोषको अभिव्यक्ति थियो भनेका छन् । ९स्रोतः बीपी क्रान्तिकारी व्यक्तित्व, भोला चटर्जी, पेज नं। १३३, साझा प्रकाशन, काठमाडौं० प्लेन अपहरण जयप्रकाश नारायणलाई थाहा थियो । (पेज नं। १२४) स्पष्ट छ, यो ‘रअ’ को सहमतिमा बीपीले गरेको देखिन्छ ।
जयप्रकाश र बीपीको साँठगाँठको खुलासापछि इन्दिरा गान्धीले लात हानेपछि राजाले सुरक्षा ज्ञारेन्टी गरेर फर्केको कथा नै कथित राष्ट्रिय मेलमिलाप हो । संयोग वा नियोजित षडयन्त्र उनकै भाइ गिरिजाप्रसाद प्रधानमन्त्री बन्दा मदन भण्डारी र राजा वीरेन्द्रको हत्या भएको छ । पशुपतिनाथलाई म्युजियममा राख्ने बी।पी।को योजना विश्वेश्वर प्रसाद कोइरालाले पशुपतिनाथलाई अजाबघर ९म्युजियम०मा राख्नु पर्दछ भन्ने नास्तिक कुरा गरेर चोट पार्नुभयो । भष्मासुर जस्तो दैत्यलाई बरदान दिने आशुतोष भगवान भोलेबाबा शिवशंकरले (बीपी जस्ता कलियुगका दैत्यलाई) क्षमा गरिदिनुभयो । बी।पी। कोईरालाले मन्दिरभित्रका पशुपतिनाथको मात्र होइन आर्यघाटको दक्षिणपट्टी राममन्दिरको पुलनिरको शिवलिङ्गलाई कुनै संग्राहलयमा राख्नु पर्दछ भने ।
उनको नास्तिकता र सामाजिक व्यवहार कटु सत्य हो । ९अरविन्द रिमाल, संसार थर्काइदिने १९ दिन, पेज नं ४८० । ८१–इतिहास अन्वेषक० यस्तो नास्तिक क्रिश्चियन रणनीतिको घटिया र पतित आवाज गुन्जाउने बी।पीलाई मृत्युपर्यत्न त्यही आर्यघाटमा राख बनाएर कलुषित आवाजको मटियामेट गराई दिए । त्यतिमात्र होइन क्रिश्चियन रणनीतिमा धर्मनिरपेक्षता घोषणा गर्ने बी।पी।का भाइ गिरिजाको काजकिरियामा पशुपति क्षेत्र विकास कोषबाट २३ लाख लिए, दैत्य राक्षसको अन्त्य गरिदिए । धर्म निरपेक्ष संविधान घोषणा गर्ने सुशील कोइरालाको पनि त्यही ब्रह्मनालमा भष्म हुन गए ।
अहिले नेकपाको सरकारले केही नै नगरेको भने होइन । चीनसँग व्यापार पारवहन सहित दीर्घकालीन सम्झौता भएका छन् । अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिने बिआरआई सम्झौता भएको छ । हो, मुलुकमा राजतन्त्र विस्थापन भएको छ । तर, सिक्किममा जस्तो देश नै विघटन हुने अवस्थाबाट तमाम कमी कमजोरीका बाबजुद कम्युनिष्टहरूले नै जोगाएका छन् । अब काँग्रेस चीनमा च्याङकाइसेकको कोमिन्ताङजस्तो विघटनको संघारमा छ । अब कसैले पनि काँग्रेसको पुनजीवन हुन्छ भन्नु र पशुपतिनाथमा लगिएको लास ब्यूतन्छ भन्नु उस्तै हो । यसकारण इतिहासलाई फरक ढंगले पनि बुझ्न जरुरी छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल