Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपतिमा साधुसन्तको भिडभाड बडन थाल्यो

काठमाडौं । प्रयागराजमा महाकुम्भ सकेर साधुसन्तहरू महाशिवरात्रिका लागि पशुपतिनाथ आइपुगेका छन् । फागुन १४ गतेको महाशिवरात्रिका लागि उनीहरू पशुपतिमा आइपुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

महाकुम्भ सकाएर साधुसन्त पशुपति आइपुगेका छन् । उहाँहरूलाई सुरक्षित व्यवस्थापन गरिरहेका छौँ । आउने क्रम जारी रहेकाले कति जना आए भन्ने यकिन तथ्यांक आइसकेको छैन, उनले भने, साधुसन्तलाई भव्य स्वागत गर्दै गरिरहेका छौँ । उहाँहरूले महाकुम्भ स्नान गरेर आइपुग्यौँ भन्नुभएको छ । उहाँहरू टोली नै बनाएर आइरहनुभएको छ ।

जोशीका अनुसार, विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजन र साधुसन्तको संख्या बढ्ने अनुमान गरिएको छ । महाकुम्भको अवसर भएकाले पनि यस वर्ष शिवरात्रिमा अत्यधिक भक्तजन आउने अनुमान कोषको छ । जोशीका अनुसार, कोषले यसपटक झन्डै १० लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ ।

कोषले शिवरात्रिको व्यवस्थाका लागि एक करोड रुपैयाँ छुट्याएको छ । यस्तै, महाशिवरात्रिका लागि सबै तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

महाशिवरात्रिका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान ७ बजे साधुसन्तको र्‍याली छ, उनले भने ।

महाशिवरात्रिबारे जानकारी दिन कोषले भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल