Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुवात भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तार पूरा भएसँगै परीक्षण थालिएको हो ।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए ।
‘पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टीतेल ल्याएका छौं,आचार्यले भने, पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।
यससँगै पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्न आवश्यक तयारीसमेत भइरहेको उनले बताए । जनवरी २०२५ देखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको नियमित आयात गर्ने भनिए पनि आवश्यक तयारी पूरा नभएकाले केही दिन ढिला हुनेछ, उनले बताए
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल
२०८२ फाल्गुन ३०
ताजा नेपाल