Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाकिस्तानमा बन्दुकधारीद्वारा २२ जनाको हत्या

पाकिस्तान — दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए । पञ्जावबाट आएकाहरूलाई गोली हानिएको थियो ।

बलुच लिबरेशन आर्मी बीएलए नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले उल्लेख गरेको छ ।

आतंककारीहरूको संख्या ३० देखि ४० को बीचमा थियो। उनीहरूले २२ वटा गाडी रोके, एक वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरले एएफपीलाई भनेका छन्,पञ्जाव जाने सवारी साधनहरूको निरीक्षण गरे र पञ्जावका व्यक्तिहरूलाई पहिचान गरी गोली हाने ।

प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दाु गरेका छन् ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर यो सबैभन्दा कम विकसित छ।

बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्।

गत अप्रिलमा बलुचिस्तानमै नौ जना यात्रुहरूलाई बसबाट उताररे परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो ।


सम्बन्धित समाचार

केयुकेएलबाट तिरेशको भूत हट्यो

२०८३ जेष्ठ १२

ताजा नेपाल

सशस्त्र डिआईजीहरू चुपचाप

२०८३ जेष्ठ १२

ताजा नेपाल

वैगुनवादी ओली, चाकडीवादी प्रचण्ड

२०८३ जेष्ठ १२

ताजा नेपाल