Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमाले उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा आफूलाई माधव नेपालसहित केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गर्नुभएको छ । उपाध्यक्ष रावलले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार भएको भन्दै भण्डाफोर समेत गर्नुभएको छ ।
‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ,’ रावलले विज्ञप्तिमा भन्नुभएको छ । आफू असार २० गते पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएको कुरा माधव नेपाल र रघुजी पन्तलाई जानकारी रहेको समेत प्रष्ट पार्दै तर सोही समुहले आफूबिरुद्ध षडयन्त्र गरेको खुलासा पनि गर्नुभएको छ
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल