Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
४ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७७र७८ को कात्तिकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले टोखाको एक पानी उद्योगको अनुगमन गर्यो । फोहोर र अव्यवस्थित उद्योगमा जमिनमुनिबाट तानेको पानी जारमा जस्ताको त्यस्तै भरेर बजार पठाउने गरेको प्रयोगशाला परीक्षणमा देखियो ।
मानव स्वास्थ्यमा गम्भीर खेलबाड गरेको भन्दै विभागले उक्त पानी फ्याक्ट्रीलाई सिल गर्यो । करिब ४० लाख रुपैयाँ लगानी गरिएको फ्याक्ट्री हेलचेक्रयाइँ र बदमासीका कारण झण्डै तीन महिनाभन्दा बढी बन्द भयो ।
विदेशबाट फर्केर आएका युवाले सानो लगानीमा सुरु गरेको यो उद्योगले असावधानीका कारण गल्ती गरेको र अब सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि विभागले उक्त उद्योगको विवरण पनि सार्वजनिक नगरी जरिवाना तिरायो । र, पुनः गुणस्तरीय काम गर्न भन्दै सञ्चालन अनुमति दियो । तर, गत वर्ष सोही उद्योगको पानी गुणस्तरहीन भएको भन्दै विभागमा उजुरी पर्यो र पुनः गुणस्तर परीक्षण गर्दा सो कुरा पुष्टि भयो ।
विभागको अनुगमन टोलीले सो उद्योगलाई दूषित पानी बजारमा बिक्री गरेको कसुरमा गत वर्ष भने मुद्दा नै दायर गर्यो । अनुगमन सांकेतिक होस् र उत्पादकले गुणस्तरमा पनि बदमासी नगरोस् भन्ने विभागको उद्देश्य हुन्छ, उक्त पानी उद्योगको अनुगमन गरेका एक अधिकृत भन्छन, तर, यहाँ त नियत नै खराब देखियो । अनुगमनले देखेन भने जे गरे पनि हुने जस्तो । त्यसैका कारण सानो पुँजी र लगानी गरेकाहरु पनि ठूलो क्षतिसँगै उद्योगमा तालासमेत भोग्न बाध्य भइरहेका छन् ।
बजार अनुगमन गर्ने अर्को सरकारी निकाय वाणिज्य विभागले विभिन्न समयमा खानेपानीको बजार अनुगमन गर्छ । केही समय पहिले भएको एक अनुगमनमा शंकास्पद लेबल टाँसेको देखियो । विभागको टोलीले थप अनुसन्धान गर्दै जाँदा एउटा पानी कम्पनीले अर्को कम्पनीको जारमा पानी भरेको तर वितरकले ती दुईभन्दा बेग्लै कम्पनीको प्लास्टिकको लेबल जारमा टाँसेर ग्राहकको घरमा पुर्याएको भेटियो ।
यी केही उदाहरण मात्रै हुन् । लेउ भरिएका, पुराना र थोत्रा जारको प्रयोग, ब्राण्डमा डुप्लीकेसशनजस्ता बदमासीमा पानी उत्पादक र वितरक एकदमै धेरे संलग्न हुने गरेको बाणिज्य विभागका अनुगमन शाखा प्रमुख एवम् निर्देशक होमनाथ भट्टराई बताउँछन् ।
‘नजानेर गल्ती गरे कि भनेर पटकपटक तालिम दियौं, र छलफल पनि गर्यौं, भट्टराई भन्छन, ‘तर, तिनै कम्पनी पुनः अखाद्य वस्तु मिसिएको, लेबल नभएको, मनपरी मूल्य राखेकोजस्ता अविश्वसनीय काम गरेर पानी बजारमा पुगी हाल्छन् ।
पछिल्ला केही वर्ष विभागले गरेको अनुगमन, जरिवाना र थप अनुसन्धानका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परेको सिफारिसहरुले पानी उद्योगहरु नसुध्रिने बाटोतिर गएको देखिने उनी बताँछन्
गुणस्तर र मूल्यमै बदमासी
वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विभिन्न अनुगमनमा पानी उद्योगले उत्पादन, वस्तुको गुणस्तर, वितरण र मूल्यमा धेरै बदमासी गर्ने गरेको पाइएको छ । खाद्य प्रविधिले गरेको अनुगमन र गुण परीक्षणमा आधारभूत मापदण्ड नै पूरा नभएकोदेखि मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्ने हैजाको जिवाणुको अवशेष पनि पिउने पानीमा फेला परेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण मर्हजन बताउँछन् । सूक्ष्म जिवाणुहरु ‘इ(कोलाई’ र ‘कोलिर्फम’ पनि पिउने पानीमा भेटिएको महर्जन बताउँछन् ।
खानेपानीमा ढल वा जनावरको फोहोर मिसियो भने इ(कोलाइ जीवाणु फेला पर्छ । यसले मानव स्वास्थ्यमा गम्भीर समस्या सृजना गर्छ । कोलिर्फमले झाडा पखलालगायत रोग लाग्ने गर्छ ।
उनका अनुसार बोतलको पानीमा भन्दा जारका पानीमा धेरै समस्या छ । ‘पानीको गुणस्तरका लागि सरकारले तोकेका आधारभूत मापदण्ड पालना नगर्नेदेखि हानीकारण जिवाणुसमेत पानीमा पाइएको छ, महर्जन भन्छन्, यस्तो पाउनेबित्तिकै कारबाही भइहाल्छ । यसका अलावा पानीमा हुनु पर्ने भन्दा धेरै पीएच मा पानीको एसीडिटी, मिनरलहरुको मात्रा तलमाथि जस्ता समस्या पनि पानीमा देखिने गरेको छ ।
यता वाणिज्य विभागले गरेको अनुगमनमा भने पानीको लेबलिङ र प्याकेजिङ, ढुवानी र मूल्यमा धेरै समस्या देखिएको छ । पुरानो र बिग्रिएको जारमा पानी ढुवानी गर्नु, मनपरी मूल्य तोक्नु, पानीको उत्पादन र उपभोग्य मिति किटान नहुनुजस्ता समस्या धेरै देखिएका निर्देशक भट्टराई बताउँछन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल