Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कांग्रेसको विशेष महाधिवेशनपछि सभापति बनेका गगनकुमार थापा यतिबेला निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ झरेका छन् । जेन–जी आन्दोलनको मर्मअनुरूप पार्टीको नेतृत्व र नेतृत्व बदलेर चुनावमा होमिएका उनलाई अन्तरघातसँगै उदीयमान शक्तिको त्रासले पनि सताएको छ । करिब ७८ प्रतिशत नयाँ अनुहारसहित निर्वाचनमा होमिएको महिना दिन बितिसक्दा पनि उनले निवर्तमान सभापति शेरबहादुर देउवालाई रिझाउन सकेका छैनन् । सुदूरपश्चिमी जिल्लाहरूमा देउवाको ठूलो प्रभाव छ । यसरी चुनावी मैदानमा देउवा नदेखिनु र वैकल्पिक शक्तिको दबदबा बढ्दा कांग्रेसकै समर्थकले मत फेर्न सक्ने सम्भावना बढी छ । देउवा मात्रै होइन, तत्कालीन उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, रमेश लेखकलगायत निवर्तमान संस्थापन पक्षधर नेताहरू पनि चुनावी मैदानमा छैनन् । लामो समयदेखि आफ्नो क्षेत्रमा पकड बनाएका उनीहरू मौन बस्दा ती क्षेत्रमा कांग्रेसले घाटा व्यहोर्नुपर्ने सम्भावना बढ्दो छ । यद्यपि निवर्तमान सभापतिले निर्वाचनबारे कुनै धारणा सार्वजनिक गर्ने योजना नरहेको देउवानिकट एक नेताले जानकारी दिए ।माघ १ गते सकिएको विषेश महाधिवेशनयता थापा र देउवाबीच हालसम्म दोहोरो संवाद नभएको उनले दाबी गरे । पार्टीमा गुटबन्दी नदेखिए पनि केही प्रभावशाली कार्यकर्ता र नेता सक्रिय नहुँदा घाटा व्यहोर्नुपर्न सक्ने उनी बताउँछन् । विशेष महाधिवेशनका नाममा बनाइएका भाष्यका कारण दुवै पक्षबीच संवाद गर्ने बाटो असहज अवस्था आएको उनी बताउँछन् । देउवानिकट अर्का नेताले चाहिँ जिल्लामा थापाले दुवै पक्षलाई देखाएको समान विश्वासले आफूलाई सकारात्मक बनाएको बताए ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल