Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीभित्रै भाँडभैलो मच्चिएपछि सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउँदै

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटकको रुपमा रहेको नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन,पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । त्यसक्रममा कतिपय नेताहरूले गुट उपगुट अन्त्य गर्न नेतृत्वबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए । बोल्ने क्रममा नेताहरूबीच एकले अर्कोलाई गुटको नेतृत्व गरेको भन्दै आलोचना भएको थियो । अध्यक्ष प्रचण्डको दस्तावेजमै माओवादीमा गुट उपगुट मौलाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उल्लेख छ । तर पार्टीका शीर्ष नेताहरूबाटै गुट सञ्चालन भएकाले त्यसको प्रभाव कार्यकर्ता तहमा पुगेको गुनासो आइरहेको छ ।