Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित सदस्यलाई एक पत्र लेख्दै आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुन आग्रह गरेका छन् । अध्यक्ष ओलीले शनिबार साँझ पार्टीका ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख गरेका छन् । उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा लेखेका छन् । अध्यक्ष ओलीले लेखेका छन्– बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरूको विजय सुनिश्चित गर्न कमरेडहरूको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु । पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले पार्टी सबै सदस्यहरूलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेको बताए । ठूलो सङ्ख्यामा रहेका पार्टी सदस्यहरूलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेरै हौसला प्रदान गर्नुभएको छ, शाहीले भने, यसबाट पार्टीका सङ्गठित सदस्यहरूले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ । देशमा विध्वंस र आगजनी गर्नेहरूलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माण र देशको नेतृत्व एमालेले गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुऱ्याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल