Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी एकताका लागि नेकपा एसले बोलायो बैठक

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले भदौ ७ र ८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । केही समययता नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा दुई पार्टीका नेताबीच छलफल चलिरहेको विषयलाई बैठकको एजेण्डा बनाइने र एकता प्रस्ताव अनुमोदन गरिने उक्त पार्टीको केन्द्रीय कार्यालयस्रोतले जनाएको छ । केन्द्रीय कमिटी बैठकअघि ४ गते स्थायी कमिटी र ५ गते पोलिटव्युरोको बैठक बोलाइएको छ । ती बैठकमा सम्मानित नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीका विवादास्पद अभिव्यक्तिबारे पनि छलफल गर्ने एजेण्डा रहेको कार्यालयस्रोतले जनायो । यी बैठक आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय कमिटी बैठक सुकेधारास्थित मिराकल पार्टी भेन्युमा बोलाइएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल