Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी एक नहुने माधवको घोषणा

काठमाडौं। नेकपा एमालेको विवाद शीर्ष नेताहरुबीचमा जुँगाको लडाइँ हो भने केही नेताहरुले आफ्नो भाग गुम्ने डरले पनि शीर्ष नेताहरुलाई सोडा हाल्दा विवाद मिल्ने भन्दा भड्किने अवस्थामा पुगेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु कुनैपनि हालतमा अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि नछिर्ने बताएका छन् । सामूदायिक विद्यालयबाट एसइई र कक्षा १२ उत्तिर्ण गरी चिकित्सा शिक्षा आयोगद्वारा लिईएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट मेधावी छात्र आशिक झालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, हामी ओलीको टाङमुनि छिर्नेवाला छैर्नौं, अध्याँरो सुरुङमा जानेवाला छैनौं, दम्भी, अहंकारी र गलत ढंगले चल्नेहरुलाई चूनौति दिईनेछ । तिनीहरुलाई माथ गरेर नै अगाडि बढिनेछ । त्यसो हुनाले यस धर्तीमा साहसी र बहादुर व्यक्तिहरुको मात्रै कदर हुन्छ । कायर र डरपोकहरुको कसैले पनि, र कुनैपनि चर्चा हुँदैन् । दम्भी र घमण्डी नबनेर विनम्र भएर जायज र नाजायज कुराको विश्लेषण गरेर शक्ति र न्यायको बाटोमा निरन्तर अघि बढ्नुपर्छ ।