Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
यो उ भन्नै परेन । कम्युनिष्ट र काँग्रेसका नेता मात्र होइनन् जनयुद्दको अधुरो काम पूरा गर्ने भन्दै चन्दा आतंक चलाएर विस्फोट र आगजनी गरेर सरकारलाई घम्काउने सिके राउत देखि नेत्र विक्रम चन्दसम्म पनि राष्ट्र र जनताको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्या योजना बद्द रुपमा ल्याउने हैसियतका भएनन् । व्यवस्थामाथी प्रहार भएकै छ । नेकपाको नाउमा ओली केपि ओली शासक भए । गुट भन्दा टाढा उनी गएनन् । भाषण त उनका चर्का र उखान टुक्कासँग निकै जमेका थिए । तर झुट र गुट बाहेक उनको योजना आएनन् । देश नीतिगत लुटमा चुर्लुम्ब भयो गल्ती कुरामा खबरदारी गर्दा समेत केपिको बानी मुध्रिएन ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नै टीम बचाउन सकेनन् । जनयूद्दका सारथी जोगीन नसक्नु उनको कमजोरी हो । शान्ती सम्झौता पछिको माओवादीको नेतृत्वको स्वभाव, चिन्तन, व्यवहार शामन्तवादी भयो । त्यसको चरित्र सिद्दान्त र विचार र नीतिमा प्रगतिशीलता भएन । सरकारको नेतृत्व गर्न माओवादीले पायो । एमालेसँगै थियो । तर ऊ सेनाको प्रमुख हटाउने पशुपतिका भट्ट खेद्ने, ब्रम्हणको टृुप्पी च्यात्ने, अपराधीसँग पैसा खाएर बचाउने मै लाग्यो । सामन्तवादको विरोध गर्दा आफ्नो चरित्र सुधारको भए पो माओवादी जनयुद्दको सार्थकता रहन्थ्यो । नारायणकाजी सत्ता चहान्छन् किन हिजो के गरे त्यस्तो सरकारमा काजीको टीम जानै पर्ने ?
एमालेबाट सामाजिक रुपान्तरणको अपेक्षा थियो । तर विदेशी डलरमा रमाउन थाल्यो । डलरको खेतीमा लागेकाहरुले माक्र्सवादी चिन्तन र व्यवहारमा ख्याल गर्ने कुरै थिएन । धन बोटल्ने होड एमालेमा थियो । त्यसको फल केपि ओलीको ४१ महिने शासनले मुुलुकलाई वैदेशीक ऋण बढाएर पौरख गर्याे । कम्युनिष्टहरु महाभुष्ट हुन्छन् भन्ने कुरा यीनले शासन गर्दा देशको अर्थतन्त्रले देखाएको मोद्रिक नीति र प्रधासनीक संरचना काफी छ केपि ओली आफू धनी भए देश डूबाए । गुट बनाए त्यसले राजनीति धानेन । केपि ओली आफू धनी भए देश डूबाए । गुट बनाए त्यसले राजनीति धानेन । एमालेको केन्द्र देखि गाउसम्म विमाजीत अवस्था छ । माओवादी आफू केहि गर्दैन संगठन बनाउदैन सिहंदरबार वरपर घुमिरहेको छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल