Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टी विभाजन रोक्न भन्दै योगेश पुगे बालुवाटार

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता माधव नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई कारबाहीका लागि प्रक्रिया अघि बढेको बेला युवा नेता योगेश भट्टराई पार्टी विभाजन रोक्न भन्दै बालुवाटार पुगेका छन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपाल पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका हुन् । नेता भट्टराई बुधबार दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।
ओलीसँगको भेटमा भट्टराईले तिता मिठा कुरा विर्सेर पार्टी फुटबाट जोगाउन आग्रह गरेको बताइएको छ ।