Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शिक्षा र स्वास्थ्यलाई सेवा होइन व्यापार बनाउनेमध्येका एक पात्र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा चयन भएपछि उनको समूहले २० वर्ष अगाडि गोर्खाको पालुङटार नगरपाकिलाको चाम्लिङमा खरिद गरेको १०० रोपनी जग्गाको विषय चर्चामा आएको छ । उमेशलाल श्रेष्ठ, स्व. तुलसी न्यौपाने, रविन्द्र श्रेष्ठ र नाङ्लो रेष्टुरेन्टका मालिक गोपाल सुन्दर कक्षपतिको समूहले कुमाल समुदायसँग प्रतिरोपनी २ हजारका दरले खरिद गरिएको सो जग्गा उमेशलाल श्रेष्ठ एक्लैले कुम्ल्याउने दाउ रचेका छन् । सो जग्गामा साइबाबा सेन्टर स्थापना गर्ने यिनीहरूको योजना थियो । तर, माओवादी द्वन्द्वका कारण सेन्टर बन्न सकेन । अहिले आएको विकासको लहरसँगै प्रतिरोपनी रु २५ लाख पर्ने भएपछि उमेशलालले आफ्नो नाममा पास गरेको उक्त जग्गा खाने तयारी गरेका छन् । पालुङटार नगरपालिकाका मेयर दीपक कँडेल मार्फत् शेरबहादुर देउवासँगको सम्बन्ध बलियो बनेपछि उमेशलाललाई संयुक्त सम्पत्ति कुम्ल्याउन कठिन छैन । तर, कानुनी रूपमा उनको अधिनमा रहेको जग्गाको दाबी कक्षपति र रविन्द्र श्रेष्ठले मात्र होइन स्व. तुलसीलालका छोराहरूले पनि गरिरहेका छन् । पालुङटार वासी कुमालहरूले च्याङ्लिङको आफ्नो बाउबाजेको सम्पत्ति कब्जा गर्न छाडेका छैनन् । लालपूर्जा उमेशलालको साथमा भए पनि कुमालहरूले साइबाबा सेन्टर नबन्ने अवस्थामा उमेशलाललाई सो स्थानामा छिर्न नदिने तयारी गरिरहेका छन् । तर, स्थानीय निकायमा नेपाली काँग्रेसका दीपक कँडेल जस्ता भूमाफिया भएकाले उमेशलालको योजना केन्द्रदेखिनै लागू नहोला भन्न सकिँदैन ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल