Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पासो लगाएर ज्यान फाले प्रहरीले

महोत्तरी । सोमबार राति प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरी जवान २५ वर्षीय जितेन्द्र साहको शव फेला भएको हो । ड्युटी सकेर राति सुतेका प्रहरी जवान साहको शव फेला परेको हो ।

महोत्तरीका एसपी दिनेश आचार्यले प्रहरी जवान साहले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको बताएका छन् । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उनले बताएका छन् । पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए ।

प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन् । मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसकेको र आएपछि थप प्रक्रिया पूरा गरि शव जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल