Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२ पुस, काठमाडौं। व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।
दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए ।
विभागको उपप्रमुखमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले जिम्मेवारी पाएका छन् । कुनै वेला माओवादी केन्द्र निकट प्रसाईं ७ कात्तिक २०७८ मा एमाले प्रवेश गरेका थिए । उनलाई ओलीले एमाले केन्द्रीय सदस्यमा पनि मनोनित गरिसकेका छन्
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल