Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
भैरहवा । यहाँ ठूला भनिएका र उच्च पदमा पुगेकाहरुले गर्ने धन्दा धति घिनलाग्दो हुने रहेछ भन्ने नक्कली शरणार्थीको गिरोहले पर्दाफास गरेको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट एका बिहानै पक्राउ परेका छन् । उनलाई आजै काठमाडौँ ल्याइँदैछ । उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।
एमालेले भन्यो– राजनीतिक रङ्ग नदिइयोस्
नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीमाथिको अनुसन्धानमा सघाउने बताउँदै यस्ता घटनामा राजनीतिक रंग नदिन आग्रह गरेको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कानुनको कार्यान्वयन गर्न र दोषीलाई कानुनको कठघरमा ल्याउन पार्टीले सहयोग गर्ने नीति रहेको बताए । उनले यस्ता घटनामा राजनीतिक रङ्ग दिने काम गर्न नहुने समेत बताए । ‘गल्ती भनेको गल्ती नै हो राजनीतिक रङ्ग दिने काम गर्नु हुँदैन, ज्ञवालीको भनाइ छ । उनले घट्नाबारे पार्टीले आन्तरिक रूपमा अध्ययन अनुसन्धान समेत गर्ने जानकारी दिए । नक्कली डकुमेन्टका आधारमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा जोडिएको भन्दै सचिव रायमाझीविरुद्ध बुधबार वारेन्ट जारी भएको थियो । उनलाई प्रहरीले बिहीबार भैरहवाबाट पक्राउ समेत गरिसकेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल