Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। उनले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोका कारण आएको भीषण बाढी र असोजमा परेको अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख छ। प्राकृतिक विपत्तिका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको अवस्थालाई ध्यानमा राख्दै यस वर्ष दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा जनाइएको छ।

सूचनाअनुसार आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाइनेछ। साथै, विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम पनि राखिएको छैन।