Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ मन्दिरको दर्शन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखनाथ मन्दिरको दर्शन गरेका छन्। आज गोरखास्थित गोरखनाथ मन्दिरको दर्शन गरेका हुन्। शाहले आज मन्दिर दर्शन गरेको भिडिओ राख्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको पुनर्स्थापनाको यात्रा सुरु गर्नुअघि गोरखनाथको आशीर्वाद लिनुको ठुलो प्रतीकात्मक अर्थ राख्ने बताएका छन्। उनले गोरखनाथको आशीर्वाद लिएरै पृथ्वीनारायण शाहले नेपालको एकीकरण यात्रा सुरु उल्लेख गरेका छन्। पूर्वराजा शाह पछिल्लो समय विभिन्न धार्मिक स्थलहरूको भ्रमणमा सक्रिय देखिएका छन्। पूर्वराजाको आह्वानपछि राजावादीहरूको अहिले राजा फर्काउने आन्दोलन घोषणा गरिरहेका छन्। फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरेपछि राजावादीहरू हौसिएका छन्।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल