Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वी नाका र मधेशमा सशस्त्र सक्रिय

काठमाडौं । गठबन्धन सरकारले वैशाख ३० को चुनाव घोषणा गरेलगत्तै सशस्त्र प्रहरीको भूमिकाप्रति जनताले चासो दिएका छन् । किनकि विगतमा यस्तो समयमा तस्करी चम्कन्थ्यो । प्रदेश १ का डिआईजी कमल गिरी बढुवामा प्रथम भएर पाएको प्रदेश एक अहिले माफिया र तस्करीको दोहोलो काड्न सक्रिय होला कि नहोला भन्ने प्रश्न उठेको बेला प्रदेश दुईका कमाण्डर डिआईजी गणेश ठाडा मगर भने आफैं फिल्डमा खटिरहेको बताउँछन् । त्यसो त प्रदेश १ का डिआईजी कमल गिरी पनि हरेक दिन झापा, मोरङ र सुनसरीलाई निगरानीमा राख्ने कमाण्डरमा पर्छन् । उनको कमाण्डमा पूर्व प्रम केपी ओलीको गृहजिल्लाको काकडभिट्टामा निरीक्षक दहालको क्रियाशीलता चर्को छ । उता, मोरङमा राजकुमार लामिछाने सुनसरीका विक्रम हुमागाईको सक्रियता पनि कम चर्चामा छैन । पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङको सीमा क्षेत्र भन्दा पर्यटकीय जिल्ला सोलुखुम्बुको सक्रियता पनि प्रदेशकै कमाण्डले देखाउने हो ।
त्यसैगरी प्रदेश २ का एसपीहरु बाराका राजेन्द्र थापा, पर्साका टेकप्रसाद पोखरेल, महोत्तरीका दिपेन्द्र गिरी, सप्तरीका प्रदीप खड्का, सिरहाका रमेश थापा, रौतहटका धु्रव कार्की, धनुषाका प्रकाश सुवेदी र सर्लाहीका भरत खनियाँको जोडी छिन्नमस्ता बाहिनीपति डिआईजी गणेश ठाडा मगरसँग मिलेकै कारण माफिया र तस्करहरुलाई चुनौती बन्दैछ । यसै प्रदेशमा लागू औषधजन्य गाँजा र अफिमका विरुवा फाँडेर सशस्त्र प्रहरीको टोलीले तस्करहरुको दोहोलो काडिरहेको छ । सिमामा हुने लुकिचोरी नियन्त्रणमा समेत सीमा प्रहरीहरुको तैनाथीले माफियाहरुलाई सताएको स्थानीयवासीहरुले बताएका छन् ।

आन्तरिक रुपमा संरचना बलियो भएपछि संस्थागत सुधार र जनतालाई प्रभावित पार्ने एजेन्डाहरु कसरी सफल हुन्छन् भन्ने कुरा सशस्त्र प्रहरीको दुई वर्षदेखिको प्रस्तुत तथ्यांकले छर्लङ्ग बनाउँछ ।

निर्वाचनको समयमा राजनीतिक शक्तिहरुका गतिविधिमा केन्द्रीत रहेको सुरक्षाफौजलाई सीमा क्षेत्रमा तस्कर तथा माफियाहरुले सहज स्थिति निर्धारण गर्ने अवस्था दिन्छन् भन्ने ग्यारेन्टी छैन । त्यो कारणले पनि यतिखेर सशस्त्र प्रहरीका प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्वले आफ्नो अधिनमा रहेका जिल्ला कमाण्डरहरुलाई सक्रिय बनाउनुपर्ने आवश्यकता देखिएको छ ।