Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्वी पहाडमा रास्वपालाई कठिन

काठमाडौं । काँग्रेस र एमालेको प्रतिस्पर्धा हुने स्थानहरूमा जनयुद्धपछि माओवादीले आफू स्थापित हुने अवसर पाए पनि टिकाउन सकेन । पूर्व पहाडमा इलाम, सोलखुुम्बु, ताप्लेजुङ, पाँचथर, संखुवासभा जस्ता जिल्लामा तिनै पुराना शक्तिहरूको हालीमुहाली भए पनि ओखलढुंगामा काँग्रेसका रामहरि अखितवडा, एमालेका यज्ञराज सुनुवारको समर्थनमा ओलीले खडा गरेकी अस्मिता थापा जस्ता संगठनहरूलाई पराजित गर्दै रास्वपाको तर्फबाट सांसद विजयी भएका प्रहरीबाट अवकाशप्राप्त विश्वराज पोखरेलको अवको राजनीति के होला ? रास्वपाभित्र चर्चा हुन थालेको छ । तिनै पोखरेलले विचौलिया इनम सापकोटासँग जोडेर गरिएको प्रचारको उचित छानविन भए कारबाहीको भागिदार हुने दाबी समेत गर्नु पर्ने अवस्था आयो । रास्वपाको दलगत संरचनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहलाई चासो छैन । शाह देश बनाउन आउँदा महानगरका गरिब जनतामाथि दमन गर्ने शासकका रुपमा परिचित थिए । पछिल्लो समयमा पुराना राजनीतिक शक्तिहरूको अहंकार र दम्भमाथि प्रहार गर्दै जनताको जनमत घण्टीतिर उर्लियो । त्यही भेलमा राष्ट्रिय स्वतन्त्र पार्टी अहिले दुई तिहाई बहुमतको शक्ति सहित सरकार चलाइरहेको छ । त्यो सरकारलाका नेतालाई पार्टीको जरुरी पर्दैन । संसदीय दलको बैठकमा जाँदैनन् । कुटनीतिक, ब्यूरोक्रेसी, संवैधानिक अंग, उद्योवपति, राजनीतिज्ञ कसैलाई भेटघाट गर्दैनन् । तर पनि राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको गाउँले जनमत भने घटेको छैन । पूर्वी पहाडमा भने यो परिस्थिति फरक छ । आफू निर्वाचित भएको जिल्ला घुमिरहेका पोखरेलले पछिल्लो समयमा पार्टी केन्द्रीय समिति र संसदीय दलको बीचको समन्वय नदेख्दा जनस्तरमा देखिएको निराशालाई बदल्ने अभियान आफ्नै गृहजिल्लामा चलाउन छाडेका छैनन् । प्रहरीमा हुँदा उनलाई दलीय आरोप लगाएर वरिष्ठ हुँदाहुँदै आईजीपी बन्न दिइएन । त्यतिबेला नेपाली काँग्रेसका शेबरहादुर देउवा प्रधानमन्त्री थिए, उनले आफूले भनेको मान्ने धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि पोखरेलले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी संसदकै राजनीतिक अभियानमा पाइला चालेका हुन् । पूर्वी पहाडमा जानेर वा नजानेर रास्वपाले अरु जिल्लालाई प्रभावित पार्ने अवस्था देखिँदैन । किनकि सरकारको राष्ट्रिय नीति पार्टीको अधिनमा देखिँदैन । देशभक्त र राष्ट्रवादी शक्तिहरूको चहलपहल भएको समयमा वर्तमान सरकारको क्रियाशीलतामा शंका उब्जने गरेको छ । पूर्वाधारमन्त्री सुनिल लम्साल निर्माण व्यवसायीको खुट्टा भाँच्ने भन्छन्, पर्यटनमन्त्री गनेश पौडेलले गरेका राजनीति नियुक्तिहरूमा देखिएको अराजकताले पनि यो पार्टीलाई कहीं न कहीं असर पु¥याउँछ । प्रधानमन्त्रीको कामले सरकारको क्रियाशीलतामा प्रभाव पारेको देखिँनैन । जनताको सेवामा निर्णय भएको अवस्था छैन । कानुनले के भन्छ, व्यवस्था के छ ? भन्नेतर्फ चासो नदिएर आफ्नै अहंकार र दम्भमा राज्य सत्ता सञ्चालन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहको सामना व्यहोर्नु प¥यो । त्यो स्थिति रास्वपा नेतृत्वमाथि नआउला भन्न सकिँदैन । किनकि अहिलेका केही मन्त्रीहरूलाई जेनजी आन्दोलनको हाइज्याकरको रुपमा प्रचार गर्ने अभियान शुरु भइसकेको छ । सुनसरीलाई मधेश प्रदेशले पनि प्रभाव पारेको अवस्थामा त्यहाँ श्रमशक्ति पार्टीको प्रभावले पूर्वी पहाडलाई नछोला भन्न सकिँदैन । जनजातिको बाहुल्यता रहेको पूर्वी पहाडका जिल्लाहरूमा जसरी रास्वपाले ओखलढुंगामा विजारोपण ग¥यो त्यसरी नै अन्य जिल्लाहरूमा संगठन विस्तार र कार्यकर्ता परिचालनको अभियान चलाउने उद्देश्य राखेको छ कि छैन ? प्रश्न यहाँ जटिल बनिरहेको छ । मोरङ, झापा जस्ता जिल्लाहरू राजनीति रुपमा पनि प्रतिष्ठित छन् । पहाडी जिल्ला इलाम आफैंमा वापमन्थी राजनीतिको शक्ति केन्द्रको रुपमा परिचित हो । ओखलढुंगा पुराना सहिदहरूको बाहुल्यता रहेको कारण नेपाली काँग्रेसले आफ्नो आधार इलाकाकै रुपमा लिने गर्दथ्यो । त्यस्तो जिल्लाबाट निर्वाचित सांसदलाई रास्वपा नेतृत्वले प्रयोग कति ग¥यो ? त्यो भने अहिले सरकारले चुनेका मन्त्री र तिनका व्यवहारहरूले स्पष्ट गरेको छ । आफू गृहजिल्लामा पार्टी कार्यक्रममा सहभागी भएकै समयमा अदालत, सरकार र प्रशासन तीनै तहलाई परिचालन गर्ने माफिया इनम सापकोटासँग नाम जोडिएपछि सांसद विश्व पोखरेल छानविनको राडरमा परेका छन् । उनले यो प्रकरणलाई गम्भीर रुपमा छानविन हुँदा आफू दोषी देखिए जुनसुकै कारबाही पनि व्यहोर्ने ताजाखवरलाई बताएका छन्, उनी भन्छन्– यो छानविन होस् यथेष्ट प्रमाण जुटाइयोस् । यस्तो गलत प्रचार गर्नेहरूमाथि अनुसन्धान होस्, म दोषी ठहरे जुनसुकै कारबाही भोग्न तयार छु ।