Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व महानिर्देशक शर्मालाई ७ दिनभित्र उपस्तित हुन अख्तियारकाे उर्दी

काठमाडौं । गैरकानूनी कर फछ्र्यौट प्रकरणमा मुछिएका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वयानका लागि बोलाएको छ । बुधबार शर्माका नाममा गोरखापत्र दैनिकमा सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित भएर बयान दिन भनेको छ ।
कर फछ्र्यौट आयोग, २०७१ बाट कर फछ्र्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप शर्मामाथि छ । यही अभियोगमा उनीविरुद्ध परेको उजुरीमाथि थप अनुसन्धान आवश्यक भएकाले शर्मालाई बयानका निम्ति बोलाएको अख्तियारले जनाएको छ । जारी सूचनामा भनिएको छ, यस आयोगमा परेको कर फछ्र्यौट आयोग, २०७१ बाट कर फछ्र्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग गैरकानूनीतबरबाट कर सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानि नोक्सानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धमा बुझ्नुपर्ने भएकाले ७ दिने म्याद सूचना प्रकाशित गरिएको छ ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल