Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। बाढीले सडकमा थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको सडक विभागले जनाएको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार मुग्लिनदेखि गलौंदी तथा काठमाडौंँदेखि बैरेनीसम्मको सडक सञ्चालनमा छ। तर, बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा बाढीले ठूलो मात्रामा लेदो थुपारेपछि आवागमन प्रभावित भएको हो।
न्यौपानेका अनुसार लेदोको तह बाक्लो रहेकाले त्यसको मुनि सडकको अवस्था कस्तो छ भन्ने तत्काल यकिन गर्न कठिन भइरहेको छ। यद्यपि, विशेष परिस्थिति नआए बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।
बाढीले सडकमा थुपारेको लेदो हटाउन बुधबार रातिदेखि नै १५ वटा उपकरण परिचालन गरिएको छ। राति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि पुनः उपकरण परिचालन गरी सडक सफा गर्ने काम भइरहेको विभागले जनाएको छ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो थुप्रिनुका साथै सडकमा क्षति पुगेको थियो। सडक विभागले अवरुद्ध सडक खुलाउन प्राथमिकताका साथ काम अघि बढाएको जनाएको छ।
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल
२०८३ भाद्र ११
ताजा नेपाल