Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पेस्तोलसहित आएका भारतीयलाई गोली हानेर नेपाल प्रहरीले समात्यो

काठमाडों । बारामा प्रहरीले एक जना भारतीयलाई गोली हानेर नियन्त्रणमा लिएको छ। प्रहरीले भारतको मोतिहारी पुर्वी चम्पारण दुधिअवाका २८ वर्षीय बृजकिशोर कुशवाहालाई पक्राउ गरेको डिएसपी गौतम मिश्रले जानकारी दिएका छन्। बुधबार दिउँसो साढे ३ बजे सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहा प्रहरीलाई देखेपछि भागेका थिए। शंका लागेर प्रहरीले रोक्न खोजेपछि कुशवाहाले आफ्नो पेस्तोल निकालेर प्रहरीमाथि गोली प्रहार गरेका थिए।

‘प्रहरीले लखेट्नेक्रममा उसले प्रहरीलाई गोली हानेको थियो तर लागेन’ एसपी कृष्ण पंगेनीले भने, ‘त्यसपछि प्रहरीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो।’ उनको बायाँ पाखुरामा गोली लागेको एसपी पंगेनीले बताए। उनको उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा लगिएको छ भने अवस्था सामान्य भएको एसपी पंगेनीले बताए। उनीबाट प्रहरीले पेस्तोल र गोली बरामद गरेको छ।


सम्बन्धित समाचार