Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
उदयपुर । त्रियुगा नगरपालिका ३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका ८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् । पशुरामको घरमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल