Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पैसाको धमासमा बलिउड चल्ने गर्दथ्यो अब त्यो हुने छैन्

बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् ।
ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् । उनले भनिन्–‘ओटीटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभाहरुलाई अवसर पनि दिएको छ ।
प्रियंकाले भनेकी छिन्–‘डिजिटल प्लेटफर्मले बलिउड नगरीमा चलिरहेको मनोमानीलाई सकिरहेको छ । यो भन्दा अगाडि केही मानिसहरुको इशारामा बलिउड चल्ने गर्दथ्यो । तर, ओटीटीका कारण नयाँ प्रतिभा, नयाँ लेखकले राम्रो स्थान पाइरहेका छन् । पहिला केही मानिसहरुका कारण यो रोकिएको थियो । यसले भारतीय चलचित्रको विकासमा ठूलो भूमिका खेल्छ ।’
प्रियंकाले बलिउड सधै एउटै फर्मुलामा चलिरहेको भन्दै ओटीटीको विकाससँगै नयाँ नयाँ कथामा चलचित्र बन्न थालेको बताइन्


सम्बन्धित समाचार

युवा गीतकार हरिहर राजभण्डारी

२०८३ असार ३०

ताजा नेपाल

तेस्रो विवाह गर्दै आमिर खान

२०८३ असार २०

ताजा नेपाल