Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा । बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा एक जनाको मृत्यु भएको छ । पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कस्कीले जानकारी दिएको छ।
२७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ आउँदै थिइन् । रेजिनाले चलाएको गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आचार्यको मृत्यु भएको जनाईएको छ । घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल