Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहिवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको थियो ।
यस अघि मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका थिए । सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो। पोखरेल २०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन ।
पाललाई महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । पाल प्रहरी प्रधान कार्यालयस्थित कार्य एवं अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल