Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ,प्रचण्ड सरकारको आयु समाप्त हुँदै गर्दाको अबस्थामा नेपाली कांगे्रस र नेकपा एमालेले गठन गर्ने भनेको सरकार संबिधानको धारा ७६,२ अनुसार बन्ने की ३ अनुसार बन्ने भन्नेबारेमा राजनितिक पंहुचका आधारमा कानुन ब्याबसायीहरुले आ.आफ्नो तर्क गरिरहेका छन् । नेपालको कानुनी क्षेत्रले कानुन भन्दा राजनितिलाई काँध हाल्ने भएकाले सरकार निर्माणका बारेमा प्रस्तुत भएका तर्कहरुप्रती नेताहरु मौन छन् । कांग्रेस एमालेको नेत्रृत्वले संयुक्त सरकार गठन गर्ने निर्णय गरेपछि धारा ७६( २ वा ३ ) कुन सक्रिय हुने हो राष्टपती रामचन्द्र पौडेलको हातमा पुगेको छ । कानुन ब्यबसायीहरुको ब्याख्याले राजनितिक नेत्रृत्वलाई समेत अलमलमा पार्ने अबस्था आउँदा प्रधानमन्त्रि पुष्पकमल दाहालको चाहाना एमालेका अध्यक्ष ओलिलाई रोक्ने भएपनि कांग्रेस सभापति शेर बहादुर देउवाले चासो नदिदा सरकार गठनको जिम्मा राष्टपति रामचन्द्र पौडेलको काधमा पुगेको हो ।
राजनितिक रुपमा कागे्रस र एमाले फरक भएपनि ३२ सिटको माओबादीलाई प्रधानमन्त्रि पद सुम्पेर हिजो गरेका गल्ती सपार्न लागेपनि जनताको जिबनसंग खेलबाड गरेको बिगतको गल्ती सुधार्न सफल हुने कुरामा बिस्वास गर्न सक्ने आधार भने देखिदैन । किनकि नक्कली भुटानी सरणर्थीको ठगी प्रकरणसंग जोडीएका बेचन झा र प्रतिक थापा प्रचण्ड सरकार ढल्नुको कारक हुन ।
राष्टपति पौडेलले ठुला पाटीको सहमतिलाई बाइपास गरेर प्रधानमन्त्रि प्रचण्डको चतुर्र्याइ सफल पार्छन भन्न सकिन्न ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल