Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको तयारीले ओली आतंकित

काठमाडौं । एमालेले हातखुट्टा छोड्यो भने पनि अबका दिनमा प्रधानमन्त्री प्रचण्डलाई फरक परेन । ओलीको हेपाहा शैलीले बिच्केको उपेन्द्र यादव डाडू पन्यु लिएर बसेका छन् भने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल नेपाली काँग्रेसको भान्से बनेका छन् । काँग्रेसले प्रधानमन्त्रीलाई सघाउनुको कारण पनि मेरै मात्र राजनीतिक चतु¥याइ भन्ठान्ने एमालेका अध्यक्षलाई रणनीति सिकाउने खेल हुनसक्छ । अरुको राजनीतिमा खेल्न खोज्दा बाहिर त काँग्रेसलाई रमाइलो होला भित्र भित्र भने तड्पिनु पर्ने अवस्था छ । शुरुको सहमति र सहकार्य तोडेर आफैंमात्र ठूलो आफू सरहको विपक्षीलाई नगन्दा मिनेटमै फुत्केको प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, सभामुख पद पछि अब काँग्रेसलाई राष्ट्रपति पद गुमाउने दिन नजिकिएसँगै काँग्रेसले केन्द्रीय समिति बैठक समेत सारेको सारेकै छ ।
काँग्रेसकै कारण माओवादीलेसँग गठबन्धन ग¥यो । एमाले ७९ सीटको धनी थियो काँग्रेस ८९ सीटको महानज । तर काँग्रेसले माओवादीलाई खेलाउनु नै बहादुरी ठान्यो । रामचन्द्र कृष्ण सिटौला, पूर्णबहादुर खड्काको कुरामा संस्थापनका बालकृष्ण, प्रकाशशरण, आरजुराणा विमलेन्द्र मात्र उफ्रिएनन् विपक्षी तिरका डा. शेखर गगन, विश्व र धनराजसम्म डुक्रिएको फल पाकेको छ । अहिले संवैधानिक पदका नियुक्तिमा समेत काँग्रेस फुत्कने कानुनी बाटोलाई संसद सचिवालयको दया र मायाको जालमा रमाउन पर्ने बाध्यतामा छ । काग बाठो हुँदा आची खान्छ भनेको यही हो । काँगे्रसलाई त्यो स्थितिमा पु¥याउने खैजेडीहरू यतिबेला रोल्याक्स घडी चोरबाट मुक्त छन् । समाज कल्याण परिषद्को जग्गा भाडा काण्डमा फसेका टेकबहादुर गुरुङ हुन् वा ज्यान मुद्दाका एमाले सांसद जगदिश कुशियत जस्ता बोक्नेहरूका बीचमा लडाइँ सत्ताको छ । त्यो सत्ताले हिजो मनपरी भयो । तर यो बेला भोलि हुने राष्ट्रियसभा सांसद पदको विषय भन्दा फागुन २९ गतेको राष्ट्रपति पदको निम्ति केन्द्रीत छ । काँग्रेस आफ्नै कारण फुत्केका अरु पदमा खेल्न भने सकेन । राष्ट्रपति पदमा भने काँग्रेसले च्याखे थाप्दैछ । जुन कुरामा सरकार पक्षका बीचमा द्वन्द्व देखाइँदैछ । यो विवादमा काँग्रेसले रमाइलो मानेको छ । उसको रमाइलोमा नेकपा एकीकृत समाजवादी, जसपा र सत्तासँग रिसाएको नागरिक उन्मुक्तिले २६ जनाको टीम दाबी गर्दै एमालेका उम्मेदवारलाई सहयोग गर्न नसक्ने हो भने त्यो बेला राजनीति माहेल बिग्रन सक्छ । त्यसतर्फ एमाले अध्यक्ष अ‍ोलीले कति सोचेका छन् । किनकि प्रधानमन्त्री प्रचण्ड आफू ठूलो बनेर भन्दा तेस्रो बनेर नै ठूला दलहरूलाई झुकाउन सिपालु नेताको रुपमा परिचित हुन् । उनले ठूलो दल भएको बेला असफलता दम्ब र अहंकारले हो भन्ने बुझेका छन् । यस पटक उनले एमालेका केपी ओलीको दम्बमाथि प्रहार गर्दै काँग्रेसलाई राष्ट्रपति जिताएर आफू ५ वर्ष पूरा प्रधानमन्त्री बन्न खोजे भने एमालेका मन्त्रीहरूले पदमा बस्ने हुकुम प्राप्त गर्लान् कि फर्कलान् धेरैको चासो यहाँ छ । किनकि एमालेलाई एक्लो बनाउने गरी एकीकृतका अध्यक्ष माधव नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई जसपाका अध्यक्ष उपेन्द्र यादवका बीचमा पार्टी एकता गराउने अभियान युद्धस्तरमा चलेको छ । त्यो अभियानमा माओवादी केन्द्र पनि सहभागी भयो भने यो टोलीमा ६४ जना सांसद हुनेछन् । त्यो ६४ जनाले काँग्रेसलाई साथ दिँदा १५२ सांसद हुनेछन् । त्यो बेला ७९ सीटको एमालेसँग राप्रपाका १४ रास्वपाका २० गरी ११३ जना हुनेछन् । रास्वपाको विश्वास छैन । १ मन्त्री पाउनासाथ लोसपा सत्ता पक्षधर हुनेछ । त्यस्तो अवस्थामा एमालेका केपी ओली र राष्ट्रपति विद्या भण्डारीको खेलो फड्को अन्त हुन्छ । अहिले नै एमाले अध्यक्ष केपीले आफ्नै पार्टीको उम्मेदवार राष्ट्रिय सहमतिको हो भन्ने अहंकार बन्द गर्नुपर्छ । किनकि स्वार्थको राजनीतिले कुनै सिद्धान्त र विचार हेर्दैन ।


सम्बन्धित समाचार