Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डको सुझावपछि बाँस्कोटालाई बालुवाटार बोलाइयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछि उनलाई राजीनामा गराउन नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । विहीवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रचण्डले कमिसन माग गरिएको अडियो सार्वजनिक भएका कारण मन्त्री बाँस्कोटालाई राजनीनामा गराउन ओलीलाई सुझाव दिएका हुन् । प्रचण्ड निकट स्रोतले भन्यो, मन्त्रीलाई राख्ने वा हटाउने अधिकार प्रधानमन्त्रीको हो तर विवादमा तानिएका कारण गोकुलजीलाई राजीनामा गर्न लगाउँदा उपयुक्त हुने सुझाव अध्यक्ष प्रचण्डले दिनुभएको छ । प्रचण्डसँगको भेटसँगै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई पनि बालुवाटार बोलाएका छन् ।
कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटालाई सोझै बालुवाटार आउन प्रधानमन्त्रीले निर्देशन दिएको बालुवाटार निकट स्रोतको भनाइ छ । अडियो सार्वजनिक भएसँगै प्रधानमन्त्रीज्यूले मन्त्री बाँस्कोटाका कुरा पनि सुन्नुहुनेछ, प्रधानमन्त्रीसँगको छलफलपछि उहाँको निर्देशन अनुसार मन्त्री अघि बढ्नुहुनेछ ।


सम्बन्धित समाचार