Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । समय अनुकुल चल्ने तर विचार, सिद्धान्त नछाड्ने पार्टीको रूपमा प्रचण्डले नेकपा स्थापित गरेका छन् । जनताको हितमा संघर्ष गरेर दलीत, जनजाति, आदिवासी, लोपोन्मुख वर्गको हितमा संसददेखि सरकारसम्म उपस्थिति जनाउन मद्दत गरेको त्यो शक्तिलाई क्षेयीकरण गराउन हिजो मोहन वैद्य, डा. बाबुराम भट्टराईले चर्चा बटुले । आज नेत्रविक्रम चन्द र जनार्दन शर्मा जेनजी आन्दोलनको अपराधका नायक केपी शर्मा ओलीसँग शरण लिएर चर्चा कमाएका छन् । शर्मा माओवादीको नाउमा बारम्बार सरकारमा पुग्ने विचरा हुन् भने हरिबोल गजुरेल माओवादीको त्यो धरातल खरानी बनाउने पौरखी बन्दैछन् । तर लहर नेकपाको देशभर छ । उम्मेदवारका चरित्रका बारेमा आलोचना हुनसक्छ । माओवादीसँग विचार मिल्यो कार्यक्रमले मेल खायो एकीकृत समाजवादीले पार्टी एकता ग¥यो । तर जनार्दन शर्मालाई पचेन । नेत्रविक्रम चन्द समाजवादी मोर्चाको संयोजकसम्म भए तर उनले जब मोर्चाभित्रै समाजवादी धारणा व्यक्त गर्नेहरूका बीचमा पार्टी एकताको प्रसंग चल्यो त्यो बेला यिनै चन्द एकता विरोधी देखिए । माओवादी त्यागेर डा. बाबुराम समाजवादी बन्दै उपेन्द्रसँग गए, त्यो बेला उनको संगठन झन् शिथिल भयो । आज तिनैसँग जोडिएका पार्टीका सहयात्रीभएका छन् भने राम कार्की बेपत्ता छन् । यिनै कार्कीका जोडी हरिबोल गजुरेललाई सिन्धुलीबाट चुनावमा उठ्न अध्यक्षले आग्रह गर्दा उनले चाहेनन् । जब पार्टीले उम्मेदवार छनोट ग¥यो त्यसपछि विद्रोही उम्मेदवार बन्न पुगेका महेश्वर दाहाललाई काँध थाप्न पुगेका छन् । दाहाल काठमाडैंका स्थायी बासिन्दा हुन् यस पटक पुख्र्यौली थलोमा मतदान गर्न पुगेका छन् । अध्यक्ष प्रचण्डले राजन दाहालका कमी कमजोरीको आलोचना गरेका गजुरेल र दाहाललाई सँगै राखेर आपसी कमी कजमोरीबारे आत्मालोचना गर्न लगाए । तर हरिबोल टसमस भएनन् । उनी पार्टीले मौका पाउँदा भूमि मन्त्री, सुकुम्बासी आयोगको अध्यक्ष, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनेका नेता हुन् । तर आज माओवादीको बलियो संगठन भएको सिन्धुली नेकपाको कित्ताबाट गुम्छ कि भन्ने डर छ । यिनी हन्तकाले गजुरेलका कारण । नेकपाले एमालेका नायकको सीमित ठाउँमा भए पनि गठबन्धन गरौं भन्ने झेली प्रस्ताव स्वीकार गरेन । ओलीका लागि झापा ५ र उनका दलाल शंकर पोखरेललाई दाङ २ बाट चुनाव जित्नु थियो । यी दुवै क्षेत्र एमालेका यी विध्वंशकारीका लागि सहज छैन । जेनजी अँन्दोलनका दमनकारी ओलीसँग रुकुम पूर्व र पश्चिममा चुनावी तालमेल गरेबापत जनार्दनको भर्खर उम्रेको पार्टीले प्रदेश चुनावमा एमालेलाई सघाउने कबोल छ । अधुरो जनयुद्ध सफल पार्न प्रचण्डलाई एम्बुस थाप्ने नेत्रविक्रम चन्दको पार्टीको ७६ जना केन्द्रीय तहका नेताहरू माओवादीसँग जोडिएका छन् । तर चन्दको त्यस्तो शक्ति एमालेले कहाँ देखछ, कालिकोटमा खड्ग विकलाई एमालेले सघाउने त्यो बापत चन्दको टिमले कर्णाली प्रदेशका अरु जिल्लामा एमालेलाई सघाउने विचित्रको सहमति भएको छ । जुन सहमतिले नेत्रविक्रमको चरित्र उदांगिएको छ । त्यो बेला हिजोका माओवादीहरू कोही मातेर कोही विदेशीको उक्साहटमा पुष्पकमल दाहालको खोइरो खन्दैछन् । तर बाघले मोटो गाई खोज्दैमा नपाए जस्तै जनार्दन, डा. बाबुरामझै राजनीतिको एक किनारमा थन्कने निश्चित छ ।
देखियो जनयुद्धमा लडेका रामबहादुर थापाको चाला, मौका पाउँदा एमालेका केपी ओली, काँग्रेसकी कुलायनको योजनामा मुलुक लुट्नेसँग दौतरी मात्र गाँसिएको छैन । थापा पुत्र त अनेक काण्डमा जोडिएका अर्का पौरखी हुन् । सुन तस्करी काण्डमा उनी जेलमा छन् । केपी ओलीको पुच्छर बाबु आमा बने पनि उनी जेलमै छन् । सिद्धान्त, नीति, कार्यक्रम र योजना जसको मिल्छ, उसको विचार पनि मिल्छ । विचार मिलेकै कारण नेकपा एकीकृत समाजवादी र माओवादी मिलेर नकेपा बनेको छ । देशभर त्यसले उम्मेदवार उठाएको छ । पार्टीको बर्चश्व कायम राख्न प्रचण्ड, माधव, वामदेव एकजुट छन् । तीनका शत्रुका रूपमा जनार्दन शर्मा, हरिबोल गजुरेल, नेत्रविक्रम चन्द जस्ता घातकहरू एकै मोर्चामा जुटेका छन् । जसको कुकृत्यको उनकै प्रवृत्ति र व्यवहारले उदांगो हुँदैछ । प्रचण्डले ३५ वर्षदेखि अध्यक्ष खायो हामीलाई दिएन । डा. बाबुराको गुनासो त्यही हो । आफैंले पार्टी नेतृत्व प्रचण्डलाई सुम्पेका मोहन वैद्यको विद्रोह कृश्चियन पादरी चन्द्रप्रकाश गजुरेल र भाञ्जी ज्वाइँ देव गुरुङलाई परराष्ट्र र अर्थमन्त्री दिएन भन्ने हो । त्यहाँ विचारको लडाइँ थिएन । देव गुरुङ आज तिनै वैद्यलाई त्यागेर पुरानै घरमा फर्केर महासचिवसम्म भए । जनार्दनलाई उपमहासचिव दिएकै हुन् । यिनले महासचिव पद खोजेका थिए । पार्टी उपाध्यक्ष भएका बादल नेकपा बनेपछि ओलीकै पुच्छर समातेर बैतरणी तर्ने प्रयासमा छन् । किनकि अपराध जसले गर्छ उसकै आरक्षणमा अरु पनि लाग्छन् । रामबहादुरकी श्रीमती र छोराको तस्करीमोहले अपराध भित्रिएको थियो । पार्टी विभाजनमा उनी उतै लागे । एमालेमा ओलीको अत्याचार हेरेर बस्ने टिका टिप्पणी गर्न नसक्ने मक्कलका रूपमा बादललाई लिइन्छ । नेकपाको कर्णाली प्रदेशका जिल्लाबाट उम्मेदवार पराजित गराएर जेनजी आन्दोलनको अपराधलाई कानुनी मान्यता दिलाउन यस्तो रमिता देखाइएको हो । ओलीको हैकमवादी चरित्रलाई जेनजी सरकारले उदांगो बनाउँदै लगेको छ । हिजोका क्रान्तिकारीहरू कसरी पतन हुँदैछन् त्यो देखिँदैछ । माक्र्सवादी दर्शनका व्याख्याताहरू नेकपा मसालका मोहन विक्रम सिंह, नेकपा क्रान्तिकारीका मोहन वैद्यको वापमन्थी धरातलबाट पतनको बाटो पुगेको अवस्था छ । मसालको आधिकारिक संरक्षण माओवादीले गरिदिएको छ । तर मसालका सांसदहरूले अप्ठ्यारो पर्दा माओवादीलाई साथ दिएका थिएनन् ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल