Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले छोडेपनि माधव नेपाल कांग्रेसकै साथमा

काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनबाट माओवादी बाहिरिएपनि माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० लाई साथमै राखेर सरकार बनाउनेबारे गृहकार्य थालेको छ । माधव नेपालले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले साथ छाडेपनि आफूले तत्काल गठबन्धन नछाड्ने वचन दिएका कारण कांग्रेस शीर्ष नेताहरु यो विकल्पमा छलफल गर्न थालेका छन् । संसद्को पहिलो दल बनेको नेपाली कांग्रेससँग ८९ सिट छ । सरकार बनाउन १३८ बहुमत पुर्याउनुपर्छ । एकीकृत समाजवादीसँग १० सिट छ । देउवाले माओवादी बाहिरिएपछि गठबन्धनमा रहेका बाँकी दललाई एक ढिक्का राख्ने, र रास्वपा र राप्रपाको साथ लिन सकिनेबारे छलफल अघि बढाएका छन् । राप्रपाले तत्काल सरकारमा नजाने घोषणा गरेको छ । तर, सरकार नबन्ने अवस्था आयो भने बाधक नबन्ने र सरकार बनाउन गाँठो फुकाउने बताईसकेको छ । रवि लामिछाने नेतृत्वको रास्वपा त सरकारमा जान आँतुर छ । लामिछानेले एमाले र माओवादी केन्द्रका नेतृत्वसँगको भेटवार्तामा यो कुरा खुलाएका छन् । सत्ता गठबन्धनमा कांग्रेस र माओवादीबीच सरकारको पहिलो चरणको नेतृत्व कसले गर्ने भन्नेबारे विवाद छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको नेतृत्वमा आफ्नो दाबी पेश गरेका छन् । तर, देउवाले पार्टीभित्रैबाट पहिलो चरणको नेतृत्व नछोड्न दबाब भएको कारण पहिलो चरणको नेतृत्व आफूले गर्ने र २ वर्षपछि नेतृत्व हस्तान्तरण गर्नेमा जोड दिएका छन् ।