Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले देखेको त्यो ठूलो चलखेल के हो ?

काठमाडौँ । एकपछि अर्को असंवैधानिक कदम चाल्दै अघि बढेका प्रधानमन्त्रीलाई विपक्षी गठबन्धनसँगै अदालतले समेत झापड दिन थालेको छ । विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । सोमबार विभिन्न पेशागत संस्थाका व्यक्तिहरुसँगको छलफलका क्रममा गठबन्धनमा रहेका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालिरहेको भन्दै आलोचना गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने तर त्यसको कार्यान्वयन भने नगर्ने नेता भएको टिप्पणी गरे । उनले माधवकुमार नेपालसामू समेत ओली त्यस्तै रुपमा प्रस्तुत हुनसक्ने बताए । ओलीले आफूलाई राष्ट्रवादी भनेर भ्रम छरेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्री ओली भ्रष्ट पनि भएको बताए । अहिलेको अवस्थालाई हेर्दा संसद पुर्नस्थापना हुने दाबी गरेका अध्यक्ष प्रचण्डले अझै पनि ठूलै खेलको गन्ध आएको महसुस गरेको बताए । सरकारले संकटकाल पनि लगाउन सक्ने आशंका गर्दै उनले भने, संविधानमाथि भइरहेको सन्दर्भ र अदालतमा भइरहेको सन्दर्भले संसद त पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण, नजिर हेर्दा संसद पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ छैन । तर अझै पनि एउटा ठूलै खेल चलिरहेको गन्ध आउँछ । अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएपनि त्यो मात्रै समस्याको समाधान नहुन सक्ने बताए । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति हेर्दा अब उनी ओरालो लागेको अध्यक्ष प्रचण्डको दाबी छ । संविधानको धारा ७६ (५) को व्यवस्थामा सांसदहरुलाई विषेशाधिकार हुने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी ओली तल्लो स्तरमा झरेर गाली गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले भने, केपीजी सिद्धिनु भयो । नेपालको इतिहासमा कलंकित, बदनाम र तुच्छ स्तरको निरंकुश भएको इतिहास लिएर जाने हुनुभयो । केपीजीलाई सम्झिदा तै बिचरा भन्न मन लाग्छ । यद्यपि, अध्यक्ष प्रचण्डले सरकार जुनसुकै हदमा जाने खतरा रहेको बताए । उनले भने, ओरालो लागेकै बुझ्छु । अझै जुनसुकै हदमा जाने खतरा छ । संकटकालको पक्षमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरेपनि हुने अवस्था छ । विभिन्न संस्थाहरुका नेतृत्वको बिचमा त्यही भन्नुभएको पनि होला ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल