Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने रहेको पनि टिप्पणी गरेका छन् ।

‘अस्ति एमालेको कुम्भ मेला देखिहाल्नुभयो । त्यो कुम्भ मेलाको निष्कर्ष भनेको माओवादी र माओवादी नेतृत्वलाई सिध्याउने टार्गेट छ’, प्रचण्डको भनाइ छ । उनले अहिले पनि बुर्जुवा कम्युनिस्टहरु बीचको लडाइँ जारी रहेको बताए । ‘कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद, विसर्जनवाद प्रतिगमनकारी प्रवृति र क्रान्तिकारी प्रवृतिको बीचमा पनि आउने दिनमा झन ठुलो संघर्ष हुनेवाला छ’, प्रचण्डले भने, ‘बुर्जुवा र प्रतिक्रान्तिकारीहरुले आफुसँग भएको सवै शक्ति केन्द्रीत गरेर प्रहार हामीमाथि केन्द्रीत गर्दैछन् ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको लडाइँ माओवादी पार्टी बचाउनेमात्रै नभएको भन्दै मार्क्‍सवादको रक्षामा अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न रहेको बताए । विज्ञानको पक्षमा उभिने कि अविज्ञानको ? क्रान्तिको पक्षमा उभिने कि प्रतिक्रान्तिको पक्षमा ?’ प्रचण्डको प्रश्न छ । उनले क्रान्ति र विज्ञानको पक्षमा उभिनेले देश, संविधान र लोकतन्त्र बचाउने र त्यसको विपक्षमा उभिनेले देश, लोकतन्त्र र संविधान दुर्घटनामा पार्ने दावी गरे ।


सम्बन्धित समाचार