Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डले मागे विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसँग विश्वासका मत मागेका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बुधबार भेटेर प्रचण्डले आफूलाई विश्वासको मत दिन एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आग्रह गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपाललाई भेटेर विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
पाँचदलीय गठबन्धन छाडेर एमालेलगायतका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि उनलाई विश्वासको मत दिन वा नदिने विषयमा एकीकृत समाजवादी अलमलमा छ। विगतमा निकट सम्बन्ध रहेको भए पनि प्रचण्डले नयाँ गठबन्धन बनाएपछि विश्वासको मत दिने वा नदिने विषयमा एकीकृत समाजवादी अनिर्णित छ।
मंगलबार सकिएको यो पार्टीको पोलिटब्यूरो बैठकले सरकारका सन्दर्भमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले बुधबारमात्रै प्रचण्डको मुख हेरेरमात्र सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्। पार्टीनिकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेपालले सरकारलाई समर्थन गर्न राजनीतिक पिक्चर क्लियर नभएको जिकिर गरे। ‘पिक्चर क्लियर छैन भने कसरी निर्णय गर्न सकिन्छ ? राजनीतिक सिनारियो क्लियर हुनुप¥यो नि–यो सरकारले कस्तो नीति कार्यक्रम ल्याउँछ ? प्रचण्डको अनुहार हेर्दा समर्थन गर्ने कुरा गरिदिउँ जस्तो हुन्छ, अनुहारले मात्र हुँदैन। अनेक कुरा छन्,’ नेपालले भने। सरकरालाई समर्थन गर्ने÷नगर्नेबारे अहिले सस्पेन्स राखे पनि विश्वासको मत लिने दिन निर्णय हुने उनले बताए।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल