Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड अस्वस्थ, गणतन्त्र दिवस समारोहमा सहभागी भएनन्

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् ।

प्रचण्डलाई रुघाखोकीसँगै ज्वरो आएको उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस २०८३ को मूल समारोहमा सहभागी हुन सकेनन् ।

‘हिजोदेखि नै अस्वस्थ हुनुहुन्थ्यो । राति ज्वरो आएपछि चिकित्सकको सुझाव अनुसार उहाँ घरमै आराम गरिरहनुभएको छ,’ आचार्यले भने ।

स्रोतका अनुसार प्रचण्डलाई उक्त समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा समेत नपुगेको बताइएको छ ।