Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र माधवसँग हरिबोलको विद्रोह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेलले सिन्धुली २ बाट महेश्वर दाहालको उम्मेदवारी फिर्ता नहुने बताएका छन्। संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेता गजुरेललाई बागी उम्मेदवार फिर्ता गराइ आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएपनि आफूहरू ब्याक नहुने बताएका हुन्। सिन्धुली २ मा राजन दाहालविरुद्ध दाहालले बागी उम्मेदवारी परेको छ। बागी उम्मेदवारको गजुरेल प्रस्ताव बसेका छन्। हिजो संयोजकसँगको भेटमा आफूहरूले उम्मेदवारी फिर्ता नलिने प्रस्ट जवाफ दिएको बताए। उनले नेपाल प्रेससँग भने, हामीले नियमसंगत ढङ्गबाट नै उम्मेदवारी दर्ता गराएका छौँ। १ नम्बर क्षेत्रमा उम्मेदवार सिफारिस भएको व्यक्तिलाई २ मा उम्मेदवार बनाइएको छ। त्यसैले हामी पछि हट्दैनौँ भन्ने जवाफ दिएका छौँ।
उनले आफूलाई दाहालको उम्मेदवार फिर्ता लिनको लागि परिपत्र आएको समेत बताए। उनले भने, मलाई एउटा परिपत्र आएको छ, मैले प्रचण्डसँगको भेटमा पनि कि मेरो काम छैन भन्नुस्, पार्टीमा योगदान छैन भन्नुस् फिर्ता लिन्छु। नत्र लिन्न भनेको छु। उनले उम्मेदवारी फिर्ता लिने समय सकिसकेको भन्दै अब नलिने स्पस्ट जवाफ दिए। उनले महेश्वरको प्रस्तावक रहेको भन्दै फिर्ता लिए धोका हुने भएकाले पछि नहटेको बताए। उनले राजनलाई २ को उम्मेदवार बनाएको भन्दै जिल्ला तहबाटै पनि विरोध भइरहेको बताए।


सम्बन्धित समाचार