Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्ड र माधव नेपाल कोइराला निवासमा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विराटनगरस्थित कोइराला निवास पुगेका छन्।

संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान कोइराला निवास पुगेका हुन्। सो क्रममा उनीहरूले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार भेटमा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल भएको थियो।

‘कोइराला निवासमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ थपलियाले भने।

नेताहरूबीच भएको भेटलाई वर्तमान राजनीतिक परिस्थितिमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटवार्ताका अन्य विस्तृत विषय सार्वजनिक गरिएको छैन।