Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रदेश प्रहरी प्रमुखलाई कोरोना संक्रमण

काठमाडौँ । कोरोना संक्रमणले बढी ग्रस्त बनेको सुरक्षा निकायका ठूला बडा हाकिम पनि संक्रमित हुन थालेका छन् । गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।