Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिद्दान्त र प्रतिष्ठा भन्दा स्वार्थलाई केन्द्रमा राखेर राजनिति गर्ने स्वार्थीहरुलाई यति खेर सुनौलो अवसर प्राप्त भएको छ । एकिकृत पार्टी विभाजन गरि जनता र कार्यकर्ताको भावनामाथि लात हान्दै रुप रंग फेरेका चैतेहरुलाई दशै आएको छ । गुट मात्र होइन कतिले माओवादी जनयुद्धले स्थापित गरेका मुल्य र मान्यतालाई तिलान्जली दिदै रामबहादुर थापा पथ अगांलेका छन् । यहि मेसोमा ओली पक्षको बहूल्य रहेको प्रदेश १ सरकारमा नवनियुक्त मन्त्री भएकाहले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा बतावरण राज्य राजकुमार ओझाले पनि आजै सपथ लिएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासिले शपथ गराएका छन् । मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् भने उषाकला राई एमालेको माधव नेपाल समूह छोडेर केपी समूहमा लागेकी सांसद हुन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका हुन् । थपिएकी राज्यमन्त्री घले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा माधव समूह त्यागेर ओली समूहमा लागेकी सांसद हुन् ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल