Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पूर्व अर्थमन्त्री डा. खतिवडाका कारणा सर्याे मौद्रिक नीति

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्ने भनेको मौद्रिक नीति २०८१ र ०८२ सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति पास गर्न बसेको बोर्ड बैठकका एक सदस्यका अनुसार हिजो नियुक्त भएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले अध्ययन गरेपछि मात्र सार्वजनिक हुनेछ । उनलाई अध्ययन गर्न समय लाग्ने भएकाले आज नै सार्वजनिक नहुने ती सदस्यले बताए । प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री तथा पूर्वगभर्नर डा। युवराज खतिवडा नियुक्त भएका छन् । उनका कारण आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिन पछाडि धकेलिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आगामी आइतबार पुनः बोर्ड बैठक बस्नेछ ।


सम्बन्धित समाचार