Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ९ लामो स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए ।
तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए । प्रधानमन्त्री ओलीलाई ज्वरो आएको छ र जीउ दुखेको बताइएको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल