Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तिहारमा चिनी अभाव नहुने दाबी गरेको छ। कार्यालयले साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा व्यापारीलाई दश बोरासम्म बिक्री गर्ने व्यवस्था मिलाइएको भन्दै उपभोक्ताले अभाव झेल्नु नपर्ने दाबी गरेको हो।
बजारमा हाहाकार भएपछि चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै खुद्रा व्यापारीले ३ हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङसँग किन्न सक्ने प्रबन्ध गरिएको कार्यालयले बताएको छ।
खुद्रा व्यापारीले सोमबारदेखि साल्ट ट्रेडिङको कालिमाटी शाखा र मंगलबारदेखि जडिबुटी शाखाबाट चिनी किन्न पाउने कार्यालयको भनाइ छ। उपभोक्तालाई खुद्रा व्यापारीले प्रति किलो ११५ रुपैयाँमा बेच्नुपर्नेछ।
कार्यालयले अभाव नहुने भने पनि तिहार र छठमा १० हजार टन चिनी खपत हुनेमा साल्ट ट्रेडिङसँग ३ हजार टनभन्दा छैन। आफूसँग पर्याप्त मौज्दात नरहेकैले साल्ट ट्रेडिङले उपभोक्तालाई प्रति किलो ९७ रुपैयाँमा बढीमा २ किलोका दरले मात्र बेचिरहेको छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल