Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको बढ्दैछ छटपटी

काठमाडौं । १५औं महाधिवशेनको रन्कोमा छटपटाएका काँग्रेसका नेताहरूलाई सरकारको गति मन परेको छैन । प्रधानमन्त्री आफैं पनि असन्तुष्ट भएको मन्त्रीहरूको सुस्तताले कानुनले नचिनेका संयन्त्र बनाउने ध्याउन्नमा छन् । सरकारले गति लिएर समस्या पहिचान गर्न पनि सकेन । सरकार अलमलिएको छ । प्रधानमन्त्रीलाई दक्षिणको छिमेकीले नपत्याएपछि छटपटी भएको छ । प्रधानमन्त्रीले आफ्नो योजना कार्यान्वयन गर्न सकेनन् । केपी ओलीको तेस्रो कार्यकाल फोटो झुण्ड्याउनकै लागि भयो । भ्रष्टाचारीहरूमाथि कारबारहीको डण्डा चलाउन खोज्दा प्रचण्ड सरकार गएको हो । एमाले र काँग्रेससँग जोडिएका पात्रहरू सहकारी ठगीमा छन् । ती कारबाहीमा नपर्ने रास्वपाका सभापति रवि लामिछानेलाई सम्पत्ति सुद्धिकरणदेखि संगठित अपराधसम्म लगाइयो ।
केपी ओलीकै कृपामा उपप्रमसहित गृहमन्त्री भएका रविमाथि यो सरकार लाग्नुको कारण काँग्रेसी भाउजु हुन् । डा. आरजु राणाले आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिनएको त्यो बेला थाहा पाइन् जुन बेला बेचन झा भारतबाट पक्राउ गरी नेपाल ल्याइए । काँग्रेसकै बालकृष्ण खाँण, मञ्जु खाँणहरूले आरजुको संलग्नता रहेको कुरा ठाउँ ठाउँमा भन्दै आए तिमीहरू जोगिने बालकृष्ण मात्र पर्ने कारण के भन्दै मञ्जुले देउवा निवासमा आक्रोश पोखेकी थिइन् ।
प्रधानमन्त्रीलाई मन्त्रीहरूको सुस्तताप्रति आक्रोश छ त्यो आक्रोश भारतले नपत्याएको छ । भारतले ग्रिनसिग्नल नदिँदै प्रमले भारत भ्रमणको दिन तोकेका थिए । परराष्ट्रमन्त्री डा. आरजु पश्चिमा देशहरूको भ्रमण सकेर भारत पुग्दा प्रधानमन्त्री ढुक्क थिए । तर उनलाई पछिल्लो पटक चीन र भारतले मानसरोबर यात्रासम्बन्धी छलफल र सम्झौतामा बेवास्ता गर्दा झन छटपटी बढ्न पुगेको छ । राष्ट्रवादको मन्त्र जप्दै पाठ्यपुस्तक कुहाउने प्रम ओली चुच्चे नक्सा संसदबाट पास गरेकै दिनबाट भारतीय संस्थापनको लिष्टबाट हटेका थिए ।


सम्बन्धित समाचार