Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीको स्वास्थ्यबारे देउवाले लिए जानकारी

काठमाडौं । सीमा विवादमा विषयमा बोलेर सरकारसँग सम्बन्ध चिस्याएका विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । सघन उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग भने उनको भेट हुन पाएन । प्रधानमन्त्रीलाई चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन । प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल