Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री, स्वास्थ्यमन्त्रीसँगै बालुवाटार पुगे देउवा

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । नियमित भेटघाटका लागि हो । प्रधानमन्त्रीसँग मन्त्रीहरु त नियमित भेट्न भइरहनुहुन्छ नि, बजगाईंले भने ।

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्ष दलले गृहमन्त्री लेखकको राजीनामा माग गरेर संसद चल्न दिएका छैनन् । बुधबार ११ बजेका लागि बोलाइएको संसद बैठक नियमित समयमा सुरु भएको छैन ।

यसै सन्दर्भमा ओली र देउवाबीच मन्त्रीसहित भएको भेटलाई चासोका साथ हेरिएको छ ।


सम्बन्धित समाचार